अनलाइनमार्फत् सामान वा सेवा खरिद गर्न मिल्ने गरी डलरमा भुक्तानी गर्न सक्ने व्यवस्था एक महिनाभित्रै सुरु हुने : केन्द्रीय ब्याङ्क
नयाँ व्यवस्था लागु भएपछि राष्ट्र ब्याङ्कका सहप्रवक्ता नारायण पोखरेलका अनुसार सर्वसाधारणहरूले अनलाइन माध्यमबाटै वा प्रिपेड कार्डमार्फत् भुक्तानी गर्न पाउनेछन्। तर त्यसका लागि छुट्टै प्रिपेड कार्ड लिनुपर्ने हुन्छ। उनले भने: “म एक नेपाली नागरिक, मेरो आम्दानी नेपाली रुपैयाँमा हुन्छ भने पनि मैले अमेरिकी डलर प्रिपेड कार्ड प्रयोग गरेको छु भने वर्षभरिमा ५०० डलर ननाघ्ने गरी भुक्तानी गर्न …